बच्चाहरूको मोटोपन यसरी नियन्त्रण गरौं-Sutra News

बच्चाहरूको मोटोपन यसरी नियन्त्रण गरौं

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

शारीरिक व्यायाम कम भएकाले बालबलिकामा मोटोपनको समस्या आएको छ । मोटो बालिबालिकामा मधुमेह, दम, मुटुरोग, निन्द्रासम्बन्धि समस्याहरुको जोखिम बढी हुन्छ । इन्टरनेशनल जर्नल अफ ओबेसिटीमा प्रकाशित अनुसन्धानकाअनुसार दिनमा दुई पटक खानामा तरकारी र फलफूलको सेवन गर्नाले मोटोपनाको समस्यालाई २५ प्रतिशत कम गर्न सकिन्छ ।



अमेरिकी संस्था सेन्टर अफ डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) काअनुसार ६ देखि १७ वर्षको बच्चाले दैनिक १ घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । सन्तुलिन खानपान र घरभित्र शारीरीक व्यायामलाई बढाएर एक्टिभ रहँदा तन्दुरुस्त रहन सकिन्छ ।

कसरी जोगाउने ?

हार्वड स्कूल अफ पब्लिक हेल्थकाअनुसार बच्चामा मोटोपनको समस्या बढ्नुमा मोबाइल, टिभी मुख्य कारण रहेका छन् ।
धेरै समयसम्म टिभी, मोबाइल, कम्प्युटरको प्रयोग गर्दा बच्चामा मोटोपनको जोखिम बढ्छ । लामो समयसम्म टिभीको अगाडी बस्दा मधुमेह र उच्च मोटोपन बढ्ने सम्भावना हुन्छ ।

राम्रो बानीको विकास बच्चामा राम्रो बानीको विकास गर्नपूर्व आफैबाट सुरुवात गर्नुपर्छ । बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो । स्कूलभन्दा अधिक समय घरमा बिताउने भएकाले बालबालिकाले राम्रो बानी, आचरण, अनुशासन घरबाट नै सिक्छन् ।

त्यसैले उनीहरुमा राम्रो बानीको विकास गर्नुपूर्व अभिभावक स्वयम्ले राम्रो आचरण, व्यवहार गर्न सिक्नुपर्छ । ठूलो मान्छेले जे गर्यो सानोले पनि त्यही सिको गर्ने भएकाले सधैं राम्रो बानी, व्यवहार गर्नुपर्छ ।

उमेर अनुसार खानपान

तीन वर्षको बच्चालाई १००० देखि १४०० सम्म, ९-१३ वर्षको किसोरकिसोरीलाई १४०० देखि २२०० सम्मको क्यालोरीको आवश्यकता पर्छ । त्यसैले उमेरअनुसार खानपानमा विशेष ध्यान दिनुपर्छ । यीनको खानामा यी वस्तुलाई मिलाउनुपर्छ ।

१. फलफूल र तरकारीः दैनिक फलफूल र तरकारी समावेश गरिएको खाना खाँदा भिटामिन, फाइबर आवश्यक मिनिरल्सको पूर्ति हुन्छ ।

२. मिश्रित ड्राई फु्रट्सः समयाअनुकुल मात्रा मिलाएर ड्राई फ्रुट्स बालबालिकालाई खुवाउँदा क्याल्सियम, म्याग्नेसियमजस्ता तत्वहरु पाइन्छन् ।

३. अन्न: खानामा अन्न समावेश गर्नुपर्छ । यसले हामीलाई बलियो र तन्दुरुस्त रहन मद्दत गर्छ ।

४. दूधजन्य खानेकुरा: दुधजन्य खानेकुरालाई मात्रा मिलाएर खानुपर्छ । यस्ता खानेकुराले हामीलाई स्वस्थ राख्छन् । खानापान अनुसार शारीरिक कसरत हुन पनि आवश्यक हुन्छ ।  तस्बिर स्राेत गुगल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट