किन खाने आलु ?-Sutra News

किन खाने आलु ?

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

आलुमा पौष्टिक तत्व भरपुर हुन्छ । पोटासियम, भिटामिन ए, भिटामिन बी पर्याप्त पाइन्छ । यससँगै आलुमा म्याग्नेशियम, फस्फोररस, आइरन, कार्बोहाइड्रेट र प्रोटिन पाइन्छ । आलु स्वादिष्ट हुन्छ । यसका साथै आलु औषधीय गुणले भरिपूर्ण हुन्छ ।



तौल बढाउन उपयोगी

आलु तौल बढाउन उपयोगी हुन्छ । यो तौल बढाउने स्वस्थ विकल्प हो । मुख्य रूपमा कार्बोहाइड्रेटबाट बनेको हुन्छ । यसमा धेरै कम मात्रामा प्रोटिन हुन्छ । आलु दुब्लो, पातलो व्यक्तिका लागि महत्वपूर्ण भोजन हुन्छ । जसले तौल बढाउन मद्दत पुग्छ ।

कपालको लागि उपयुक्त

आलुको दैनिक सेवनले उमेरभन्दा पहिले कपाल फूल्नबाट बचाउँछ । आलुको बाहिरी भागलाई राम्रोसँग उमाल्नु पर्छ । उमालेको पानीलाई एउटा भाडामा राख्नुपर्छ । कपालमा स्याम्पू लगाईसकेपछि उमालिएको उक्त पानीले कपाल धुनुपर्छ । यसले प्रक्रियाबाट कपालको प्राकृतिक सौन्दर्य बचिरहन्छ ।

पाचन प्रक्रिया बलियो

आलुमा कार्बोहाइड्रेट पाइने भएकाले यो पाचन प्रक्रियाको लागि उपयुक्त हुन्छ । उमालेको आलुमा फाइबर बढी पाइन्छ । जसले कब्जियतको समस्यालाई निर्मूल पारेर पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

छालालाई राम्रो

भिटामिन सी, भिटामिन ए कम्प्लेक्सका साथै पोटासियम, म्याग्नेसियम, फस्फोरस जस्ता खनिज तत्व छालाका लागि उपयुक्त मानिन्छन् । काँचो आलुको पेस्ट बनाएर अनुहारमा लगाउनले सफा, चम्किला्े बनाउँछ । यसले अनुहारमा भएका दागलाई पनि हटाउँछ ।

कोलेस्ट्रोललाई नियन्त्रण

आलुमा फाइबर पाइने भएकाले कोलेस्ट्रोललाई कम गर्छ । आलुमा घुलनशील र अघुलनशील दुइवटै फाइबर हुन्छ । जसले कोलेस्ट्रोलको मात्रालाई सन्तुलित बनाइराख्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट