अन्ततः वामदेव ओलीतिरै : बैठकमा भाग लिन बालुवाटार पुगे, नेपाल समूह अझै अनिश्चित-Sutra News

अन्ततः वामदेव ओलीतिरै : बैठकमा भाग लिन बालुवाटार पुगे, नेपाल समूह अझै अनिश्चित

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम आज बोलाइएको बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।



उनको सचिवालय स्रोतले सूत्रन्यूजलाई उनी बालुवाटार पुगिसकेको बतायो ।

२ दिन अघि महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले पुरानो केन्द्रीय कमिटी ब्युँताएको थियो ।

माधवकुमार नेपाल समूहले भने बैठकमा भाग लिने/नलिने अनिश्चित बनेको छ ।

हिजो बसेको नेपाल समूहको बैठकले आजको बैठकमा भाग नलिने निर्णय गरेको थियो ।

तर नेपाल समूहका केही नेताहरू आउने सूचना आफूले पाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट