माधवलाई ओलीको फोन : आज बैठकमा आउनुस्, त्यहीं छलफल गरौंला-Sutra News

माधवलाई ओलीको फोन : आज बैठकमा आउनुस्, त्यहीं छलफल गरौंला

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई फोन गरेर केन्द्रीय कमिटीको बैठकमा बोलाएका छन् ।



पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले शुक्रवार बिहान फोन गरेर नेपाललाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘बैठकमै आउनुस्, तपाईंका असन्तुष्टिहरू त्यहीं छलफल गरौँला,’ ओलीको भनाइ उदृत गर्दै तामाङले बताए ।

ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । अदालतले आयोजक कमिटीको वैधतामा प्रश्न उठाएपछि २ दिनअघि पुनः केन्द्रीय कमिटी ब्युँताइएको थियो ।

ब्युँतिएको केन्द्रीय कमिटीको बैठक शुक्रवार बालुवाटारमा बस्दैछ ।

ओली समूहले वैधानिकताविपरित निर्णय गरेको भन्दै नेपाल समूहका नेताहरू थप असन्तुष्ट बनेका थिए ।

बिहीवार आफूनिकट नेताहरूलाई छलफलमा बोलाएर नेपालले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट