बालुवाटार बैठकमा गएनन् नेपाल समूहका नेताहरू-Sutra News

बालुवाटार बैठकमा गएनन् नेपाल समूहका नेताहरू

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरू नजाने भएका छन् ।



केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरू बैठकमा नजाने सूत्रन्यूजलाई बताए ।

‘हामी कोही पनि बैठकमा जाँदैनौं,’ गैरेले भने, ‘अवैधानिक बैठकमा जानुको कुनै अर्थ छैन ।’

गत फागुन २८ गते ओलीले आफूनिकट नेताहरूको बैठक डाकेर केन्द्रीय कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

त्यसलाई अदालतले अवैधानिक भनिदिएपछि गत बुधवार भंग गरिएको थियो । आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकमा जाने/नजाने बारे रणनीति तय गर्न बिहीवार माधव समूहको बैठक बसेको थियो ।

बैठकले आज बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफ्नो समूह उपस्थित नहुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट