१५ हजार तिर्न नसकेपछि अढाई महिनासम्म कोरोनाका कारण मृत्यु भएकाको शव दिएन अस्पतालले-Sutra News

१५ हजार तिर्न नसकेपछि अढाई महिनासम्म कोरोनाका कारण मृत्यु भएकाको शव दिएन अस्पतालले

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

भारतको उत्तर प्रदेशको हापुडमा १५ हजार नतिरेको भन्दै एक अस्पतालले कोरोनाका कारण मृत्यु भएको शव अढाई महिनासम्म परिवारलाई हस्तान्तरण गरेन ।



भारतीय सञ्चारमाध्यमहरूका अनुसार अढाई महिना पश्चात गत बिहीवार शवको अन्तिम दाहसंस्कार गरिएको हो ।

मृतक युवकमा गत अप्रिलमा कोभिड पोजिटिभ पाइएको थियो । उपचारका लागि मेरठ पठाइएको संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतककी पत्नी शव लिन जाँदा अस्पतालले १५ हजार माग्यो । उनले १५ हजारको व्यवस्थापन गर्न सकिनन् ।

उनले सोचिन, कोरोना पोजिटिभको शव अस्पतालले नै व्यवस्था गर्नेछ ।

त्यसपछि आफ्नो बालबच्चा बोकेर उनी गाउँ गइन् ।

जब अढाई महिनासम्म शव लिन कोही आएन तब मेरठ अस्पतालले शवलाई हापुड स्वास्थ्य विभागलाई हस्तान्तरण गरिदियो । त्यसपछि विभागले परिवारको सदस्यलाई खोज्न थाल्यो ।

त्यसपछि विभागले मृतककी पत्नीलाई बोलाएर शव हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट