ओली माधव समूहका नेतासँग छलफलमा, केन्द्रीय कमिटी बैठक अझै शुरू भएन-Sutra News

ओली माधव समूहका नेतासँग छलफलमा, केन्द्रीय कमिटी बैठक अझै शुरू भएन

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका असन्तुष्ट समूहका नेताहरूसँग वार्ता गरिरहेका छन् ।



बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठक अघि ओली र नेपाल समूहका नेताहरूबीच भेट भएको हो ।

बैठक रोक्न माग गर्दै नेपालनिकट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्य बालुवाटार पुगेका थिए ।

उनीहरूसँग कुराकानी भएकैले ११ बजे बोलाइएको बैठक शुरू हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट