बालुवाटारमा एमाले बैठक शुरू : वामदेव र पूर्व माओवादी नेता उपस्थित, नेपाल समूह गएन-Sutra News

बालुवाटारमा एमाले बैठक शुरू : वामदेव र पूर्व माओवादी नेता उपस्थित, नेपाल समूह गएन

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । ११ बजे बोलाइएको बैठक साढे १२ बजेबाट शुरू भएको हो ।



बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी छन् भने माधवकुमार नेपाल समूहका नेताहरू अनुपस्थित छन् ।

पूर्व माओवादीका नेताहरू भने उपस्थित छन् ।

बैठकअघि नेपाल समूहका केही नेताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । 

बैठक रोक्नुपर्ने माग राख्दै गएका नेपाल समूहका नेताहरूलाई ओलीले बैठक रोक्न नसकिने जवाफ दिएपछि उनीहरू फर्के । 

त्यसपछि बैठक बस्न शुरू गरेको हो । 

गत फागुन २८ गते ओली पक्षले केन्द्रीय कमिटी भंग गरेर दशौँ महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

सर्वोच्च अदालतले आयोजक कमिटीको वैधतामाथि प्रश्न उठाएपछि बुधवार पुनः केन्द्रीय कमिटी ब्युँताइएको थियो ।

सोही केन्द्रीय कमिटीको बैठक आज बालुवाटारमा शुरू भएको हो ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट