बैठकमा ‘फायर’ ओली – एमालेकै नेताहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ पुग्नु आपत्तिजनक-Sutra News

बैठकमा ‘फायर’ ओली – एमालेकै नेताहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकहाँ पुग्नु आपत्तिजनक

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका छन् ।



बैठकमा सहभागी एक केन्द्रीय सदस्यले ओलीको भनाइ उदृत गर्दै सूत्रन्यूजलाई भने – ‘आफ्नै दलका नेताहरू अर्को दलको नेतालाई प्रधानमन्त्री बनाइपाउँ भनेर राष्ट्रपति कार्यालय पुग्नु आपत्तिजनक छ ।’

उनले पार्टी एकताका लागि आफूहरू अन्तिमसम्म लागिरहने तर कोही छुट्न खोजे छुटिन सक्ने बताएका छन् ।

नेपाल मात्र नभएर उनले अदालतको फैसला पनि चित्तबुझ्दो नभएको भन्दै उछितो काढेका थिए ।

‘अदालतले पछिल्लो समय गरेको फैसला चित्तबुझ्दो छैन । गैर-संवैधानिक र गैरकानूनी छ । हिजो संसद विघटन हुँदा बिस्तार गरिएको मन्त्रिपरिषद मान्य हुने, आज मन्त्रालय खालि गरिदिने ?’ ओलीको प्रश्न थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट