सहमतिपछि मात्र बैठक राख्न नेपाल समूहले गरेको आग्रहलाई ओलीले भने – बाहियात !-Sutra News

सहमतिपछि मात्र बैठक राख्न नेपाल समूहले गरेको आग्रहलाई ओलीले भने – बाहियात !

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति भन्ने कुरा ‘बाहियात’ रहेको भन्दै माधवकुमार नेपाल समूहका नेताहरूलाई बालुवाटारबाट फिर्ता पठाएका छन् ।



‘हामी सहमतिपछि मात्र बैठक डाकौं भन्न गएका थियौं,’ बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरू हुनुभन्दा अघि पुगेका नेपाल समूहका एक नेताले भने, ‘प्रधानमन्त्रीले त्यसलाई बाहियात भन्नुभयो ।’

‘पुरानो केन्द्रीय कमिटी ब्युँताइएको छ, त्यसको बैठक छ, तपाईंहरू खुरुक्क आउनुस्,’ ओलीको भनाइ उदृत गर्दै ती नेताले सूत्रन्यूजसँग भने, ‘सहमति भन्दै बाहियात कुरा नगर्नुस् ।’

सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण बिष्टलगायतका केही नेताहरू शुक्रवार बिहान बालुवाटार पुगेका थिए । उनीहरू फिर्ता भएपछि बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरू भएको हो । 

नेपाल समूहले नेकपा एकता पूर्वको अवस्थामा पुगेर पार्टी संचालन गर्नुपर्ने माग गरिरहेको छ । 

अदालतले महाधिवेशन आयोजक कमिटीको वैधतामा प्रश्न उठाएपछि गत बुधवार पुनः केन्द्रीय कमिटी ब्युँताइएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट