देउवाका पक्षमा गरिएको २३ हस्ताक्षर २ दिनभित्र फिर्ता गर्न एमालेको निर्देशन-Sutra News

देउवाका पक्षमा गरिएको २३ हस्ताक्षर २ दिनभित्र फिर्ता गर्न एमालेको निर्देशन

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ नेताहरूलाई २ दिन भित्र हस्ताक्षर फिर्ता लिन एमालेले निर्देशन दिएको छ ।



बालुवाटारमा आज जारी केन्द्रीय कमिटी बैठकले २ दिनभित्र उक्त हस्ताक्षर फिर्ता गर्न निर्देशन प्रस्ताव पारित गरेको छ ।

एमालेका असन्तुष्ट नेताहरूले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर गरेका थिए ।

उनीहरूको हस्ताक्षरसहित १४९ जनाको हस्ताक्षर देउवाले राष्ट्रपतिकहाँ पेश गरेका थिए तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गरिदिएकी थिइन् ।

त्यसपछि नेपाल समूहका २३ निवर्तमान सांसद सर्वोच्च अदालतमा उपस्थित भएरै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले सबै नेताहरूलाई २ दिनभित्र हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको हो ।

सर्वोच्च अदालतमा यही मुद्दामा सुनुवाइ जारी रहेको छ । केही दिनमा फैसला आउने सम्भावनासमेत छ ।

अदालतले फैसला गर्नुअघि नै आफ्ना निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता लिन एमालेले निर्देशन दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट