ओलीको गुनासो – माधवले भेट्नै मानेनन्-Sutra News

ओलीको गुनासो – माधवले भेट्नै मानेनन्

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले भेटेर कुरै गर्न नचाहेको आरोप लगाएका छन् ।



आज बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले नेता नेपालसँग २०/२५ मिनेट फोनमा कुरा भएको बताए ।

‘भेटेर कुरा गरौँ भनेर मैले राखेको प्रस्ताव उहाँले अस्वीकार गर्नुभयो,’ ओलीले भने, ‘अझ उल्टै मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्रै उठाएको हो भन्नुभयो ।’

आज बसेको बैठकमा नेपाल समूहका नेताहरू अनुपस्थित छन् ।

ओलीले शनिवार पनि बैठक बस्ने र त्यसमा उपस्थित हुन नेपाललाई आग्रह गरेका छन् ।

उनले आफ्नो दलको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलको सभापतिलाई प्रधानमन्त्री बनाउन हिंड्नु लज्जाजनक भनेरसमेत टिप्पणी गरेका छन् ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर २ दिनभित्र फिर्ता लिन नेपाल समूहलाई निर्देशनसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट