अभिनेत्री सुपुष्पा र निर्माता रौनकले कसे लगनगाँठो-Sutra News

अभिनेत्री सुपुष्पा र निर्माता रौनकले कसे लगनगाँठो

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

काठमाडौं- अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् ।



विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । दुबैका नजिकका फिल्मकर्मी समेत विवाह समारोहमा सहभागी भएका थिए ।

कोरोना महामारीका बीच उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए ।

रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा काम गरेकी छन् । ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट