कलेजस्तरका विद्यार्थीमा बढी पीडा: अध्ययन-Sutra News

कलेजस्तरका विद्यार्थीमा बढी पीडा: अध्ययन

शुक्रबार, १८ असार २०७८

शुक्रबार, १८ असार २०७८

वाशिङ्टन- कोभिड-१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ ।



कोभिड-१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक कार्यका निर्देशक लेखक एरिका एच. सिरिनले बताए ।

एरिकाले थपे, ‘हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् । विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेज विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आबश्यक सहयोग गर्ने पहल गरेका थिए ।’

क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले फ्लोरिडाको लेकल्याण्डको साउथ ईस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एण्ड सोशल साइंसेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरे ।
  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट