काठमाडौं- डिफेन्डिङ च्याम्पियन ब्राजिलले शनिबार चिलीलाई १-० ले हराएर कोपा अमेरिकाको अन्तिम चारको यात्रा तय गरेको छ । अब प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ । चिलीमाथि प्राप्त जितमा ब्राजिलका लागि लुकास पाक्वेलाले ४७ औं मिनेटमा गरे र यो नै निर्णायक सावित भयो ।
यसअघि पेरुले पाराग्वेलाई टाइब्रेकरमा ४-३ ले हराएको थियो । निर्धारित समयको खेल ३-३ को बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा पुगेको हो । प्रतियोगिताका अन्य क्वाटरफाइनलमा उरुग्वले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वडेरको सामना गर्नेछ ।