काठमाडौं- अविरल वर्षापछि तनहुँमा मर्स्याङ्दी र मकवानपुरमा राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन पनि महाशाखाले स्थानीय नागरिकलाई आग्रह गरेको छ ।
असार १९
आज कोशी,नारायणी र यसका सहायक नदीहरु तथा कन्काई,कमला लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने,आज बागमती,पुर्वी राप्ती लगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ। pic.twitter.com/VcZkkZXGhR— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2021
#SMSAlert
असार १९, बिहान ६ बजे
हाल ईलाम,झापा,मोरङको धेरै स्थानमा भारी बर्षा र थप बर्षा हुने,मेचि,विरिङ,निन्दा,कन्काई,चिसाङखोला,मावा-रतुवा,लोहन्द्रा,बक्राहा,नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने,होचा स्थानमा डुबान हुन सक्ने, राती सम्म उच्च सतर्कता अपनाऔ— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2021
असार १९ बिहान ४ बजे
रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा स्थानमा हुनेहरूले उच्च सतर्कता अपनाऔँ।#SMSalert pic.twitter.com/On5IGLF3L8— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
असार १९ बिहान ३:४५ बजे
तनहुँको बिमलनगरस्थित मर्स्याङ्गदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।#SMSalert pic.twitter.com/mZ29mhIgTV— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
असार १९ बिहान २:४५ बजे
लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना, तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाऔँ।#SMSalert pic.twitter.com/ycOSYSPiFo— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021