काठमाडौं- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प धक्का महशुस गरिएको छ ।
शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन ।