बलिउड अभिनेता आमिर खानको दोस्रोपटक सम्बन्धविच्छेद-Sutra News

बलिउड अभिनेता आमिर खानको दोस्रोपटक सम्बन्धविच्छेद

शनिबार, १९ असार २०७८

शनिबार, १९ असार २०७८

बलिउड अभिनेता आमिर खानको फेरी सम्बन्धविच्छेद भएको छ । सम्बन्धमा बसेको १५ वर्षपछी उनीहरुको सम्बन्धविच्छेद हुन लागेको हो ।  उनको यो दोस्रो सम्बन्धविच्छेद हो । 



आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

आमिर र उनकी अहिलेकी पत्नि किरणले एक विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।

उनीहरुले निकालेको विज्ञप्तिमा बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहेको उल्लेख छ ।

उनीहरुले परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट