काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ ।
दुई नेताहरुबीच फोनवार्ता भएको एक नेताले जानकारी दिए ।
शुक्रवार बालुवाटारमा बसेको सत्तारूढ दल नेकपा एमालेको तेह्रौं केन्द्रीय कमिटीको बैठकले ७ वटा प्रस्तावहरू पारित गरेको थियो ।
ओलीले यो भन्दा अगाडी पनि माधव नेपालसँग भेटेर कुरा गर्न खोजेका थिए तर नेता नेपालले ओलीको भेट्ने प्रस्ताव अस्वीकार गरे ।
हिजोको आजको बैठकमा ओलीले भने – ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०-२५ मिनेट कुरा गरें । भेटौं भन्दा उहाँले मान्नुभएन । मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’
एमालेको एकता जोगाउनका लागि अहिले दोस्रो तहका नेताहरु क्रियाशील भएर लागेका छन् ।