काठमाडौं- अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा इक्वेडरमाथि ३-० को जित निकालेकाे हाे । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँग खेल्नेछ ।
¡Bombazo! Lionel Messi la clavó de tiro libre para el 3-0 final de @Argentina sobre @LaTri
🇦🇷 Argentina 🆚 Ecuador 🇪🇨#VibraElContinente #VibraOContinente pic.twitter.com/FcvQrHuRka
— Copa América (@CopaAmerica) July 4, 2021
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको खेलमा अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्तिनेज र लियोनल मेस्सीले गोल गरे ।
४० औँ मिनेटमा राड्रिगोको गोलबाट सुरुवाति अग्रता लिएको अर्जेन्टिनाका लागि ८४ औँ मिनेटमा मार्तिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै लियोनल मेस्सीले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गरेका हुन् ।
¡FINAL DEL PARTIDO! @Argentina venció 3-0 a @LaTri con goles de Rodrigo De Paul, Lautaro Martínez y Lionel Messi para avanzar a las Semifinales de la CONMEBOL #CopaAmérica
🇦🇷 Argentina 🆚 Ecuador 🇪🇨#VibraElContinente #VibraOContinente pic.twitter.com/NGkMgHJ6iT
— Copa América (@CopaAmerica) July 4, 2021
त्यसअघि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा इक्वेडरका पिएरो हिन्कापिएले सीधै रातो कार्ड पाएका थिए ।
मेस्सी नेतृत्वको अर्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ । आइतबार बिहान भएको खेलमा उरुग्वेमाथि टाइब्रेकरमा जित निकाल्दै कोलम्बियाले अन्तिम चारको यात्रा तय गरेको हो । अर्को सेमिफाइनलमा ब्राजिल र पेरुबिच खेल हुनेछ ।
Asistencia de Messi y gol de Lautaro. Normal 👏#VibraElContinente #CopaAmérica pic.twitter.com/2sKO4ZbpsM
— Copa América (@CopaAmerica) July 4, 2021