सर्लाही- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद वर्माको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् । गाउँपालिका अध्यक्ष वर्मा लामो समयदेखि मधुमेहको समस्याबाट ग्रसित थिए ।
अध्यक्ष बर्माको स्वास्थ्यमा एक्कासी समस्या आएको भुपू निमित प्रसासकीय अधिकृत रामपुकार महतोले जानकारी दिए । ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो ।
ब्लड प्रेसर बढेपछि नाक र मुख बाट रगत आएको थियो । आइसियूमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति नै उपचारका क्रममा शनिबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी दिए ।
जिल्ला का २० स्थानिय निकाय मध्ये वर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । अध्यक्ष वर्माको स्थायी घर रामनगर गाउँपालिका वडा नम्बर १ मा पर्छ ।