राष्ट्रिय सभाको बैठक- यस्तो छ आजको कार्यसूची-Sutra News

राष्ट्रिय सभाको बैठक- यस्तो छ आजको कार्यसूची

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । आजको बैठकमा २ वटा कार्यसूची तोकिएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्नेछन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्नेछन् ।

राष्ट्रीय सभाको बैठक गत १७ गते राष्ट्रपतिले आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट