ओलीनिकट नेताहरूसँग कड्के माधव – पहिला ओलीलाई संसद विघटन गल्ती थियो भनेर माफी माग्न लगाउनुस्-Sutra News

ओलीनिकट नेताहरूसँग कड्के माधव – पहिला ओलीलाई संसद विघटन गल्ती थियो भनेर माफी माग्न लगाउनुस्

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीनिकट नेताहरूलाई थर्काएका छन् ।



आइतवार बिहान नेपालनिवास कोटेश्वर पुगेका उपमहासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रतिनिधी सभा विघटन गर्नु गल्ती थियो भनेर सबैभन्दा पहिला ओलीले माफी माग्नुपर्ने भन्दै कड्केका हुन् ।

उल्लेखित ओलीनिकट नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरिएको हस्ताक्षर फिर्ता लिन माग गर्दै कोटेश्वर पुगेका थिए ।

‘हस्ताक्षर फिर्ता हुँदैन यो हाम्रो बटमलाइन हो,’ नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘पहिला ओलीलाई संसद विघटन गर्नु गल्ती थियो भनेर सार्वजनिक माफी माग्न लगाउनुस्, अनि हस्ताक्षर फिर्ताको विषयमा सोचौंला ।’

शुक्रवार र शनिवार बसेको केन्द्रीय कमिटीको बैठकले २ दिनको अल्टिमेटम दिएर हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । अल्टिमेटम सोमवार साँझ ५ बजेसम्मका लागि छ ।

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको २३ हस्ताक्षर फिर्ता नगर्ने सहमति नेपाल समूहमा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट