संवैधानिक इजलास- सभामुखका कानुन व्यवसायीको बहस शुरु-Sutra News

संवैधानिक इजलास- सभामुखका कानुन व्यवसायीको बहस शुरु

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध परेको रिटमा आज आइतबार पनि बहस जारी छ ।



संवैधानिक इजलासमा अहिले सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अहिले अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका छन् ।

पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् । 

सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट