भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो-Sutra News

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौँ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ ।



पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ५२,२९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या २,९६,५८,०७८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ९५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ यो सँगै भारतमा मृत्यु हुनेको कुल संख्या ४,०२,००५ पुगेको छ ।

भारतमा कोरोनाका कूल सक्रिय संक्रमितको संख्या ४,८५,३५० रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट