प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा आइतबार जारी बहसमा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले संविधानको धारा ७६ (५)मा दलीय ह्वीप नलाग्ने बताएका छन् ।
संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले यस्तो बताएका हुन् ।
‘७६(५) मा ह्वीप लाग्छ भनेर लेखेकाे छैन।संसदभित्रकाे प्रक्रियामा मात्र ह्वीप लाग्ने हाे ।’ बहसका क्रममा उनले भने ।
इजलासमा आज सभामुखका कानुन व्यवसायीहरुले बहस गर्दैछन् ।