प्रधानन्यायाधीशको प्रश्न- अदालतले १ सय ४६ जनाको हस्ताक्षरलाई आधार मान्न मिल्छ ?-Sutra News

प्रधानन्यायाधीशको प्रश्न- अदालतले १ सय ४६ जनाको हस्ताक्षरलाई आधार मान्न मिल्छ ?

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा आइतबार जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजनीतिक दलहरुले अदालतमा पेस गरेको १ सय ४६ जना सांसदको हस्ताक्षरमाथि प्रश्न उठाएका छन् ।



सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेलले इजलासमा बहस गर्ने क्रममा उनले १ सय ४६ जना सांसदको हस्ताक्षरलाई आधार मान भन्न मिल्छ र भन्दै प्रश्न उठाएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले संविधानको धारा ७६ (५)मा दलीय ह्वीप नलाग्ने बताएका छन् ।

संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले यस्तो बताएका हुन् ।

‘७६(५) मा ह्वीप लाग्छ भनेर लेखेकाे छैन।संसदभित्रकाे प्रक्रियामा मात्र ह्वीप लाग्ने हाे ।’ बहसका क्रममा उनले भने इजलासमा आज सभामुखका कानून व्यवसायीहरुले बहस गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट