राष्ट्रिय सभामा सरकारलाई प्रश्न – छेपाराको कथादेखि भारतसँग थुरथुर कामेको प्रसंग-Sutra News

राष्ट्रिय सभामा सरकारलाई प्रश्न – छेपाराको कथादेखि भारतसँग थुरथुर कामेको प्रसंग

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सरकार भारतसँग थुरुथुरु कामेको आरोप लगाएका छन् । आज बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्रीसमेत रहेका विष्णु पौडेलमार्फत सरकारलाई प्रश्न गरेका हुन् ।



‘पहिरो सरकारले लडाएको होइन, वर्षा सरकारले गराएको होइन,’ बिडारीले भने, ‘कोशी गण्डकीमा सन्धी गरेर, अनावश्यक ढोका राखेर गरिएको सम्झौताले नेपाल जलमग्न भयो, तराई खर्लप्प डुब्यो । सरकारले भारतसँग त्यसका लागि के कुरा गरिरहेको छ ? कि थुरथुर काम्दैछ ? जवाफ चाहियो ।’

त्यस्तै बैठकमा अर्का सदस्य प्रकाश पन्तले बाढी पहिरोका सम्बन्धमा गृहमन्त्रीको तयारी छेपाराको कथा जस्तै भएको आरोप लगाएका छन् ।  

‘छेपारोले रातभरि घर बनाउनुपर्ला भनेर सोच्छ, बिहान भएपछि बिर्सिन्छ । त्यस्तै यो सरकारले पनि योजना त बनाउँछ, कार्यान्वयन गर्न बिर्सिन्छ । विगतका वर्षमा पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म पाएको छैन,’ पन्तको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट