बाढी पहिरोले घरबार गुमाएकालाई प्रतिपरिवार ५० हजार दिने सरकारको घोषणा-Sutra News

बाढी पहिरोले घरबार गुमाएकालाई प्रतिपरिवार ५० हजार दिने सरकारको घोषणा

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुलाई सरकारले प्रतिपरिवार रु पचास हजारका दरले रकम उपलब्ध गराउने भएको छ । 



राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सरकारका गृहमन्त्री विष्णु पौडेलले अस्थायी बसोबासको व्यवस्था गर्न सो रकम उपलब्घ गराउने बताएका हुन् ।

उनले ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निर्माणको काम सुरु गरिएको पनि बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा २ वटा कार्यसूची पेस हुने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट