ओली र माधवको रिसलाई शिथिल बनाउन लागिपरेको छु- वामदेव गौतम-Sutra News

ओली र माधवको रिसलाई शिथिल बनाउन लागिपरेको छु- वामदेव गौतम

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रिस शान्त गर्नुपर्ने बताएका छन् ।



आइतबार बसेको राष्ट्रिय सभाको बैठकपछी पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् ।

त्यस्तै उनले एमालेको यो अवस्थामा पार्टीका नेताहरुलाई पनि नआत्तिकन धैर्यधारण गर्नका लागि आग्रह गरेको उल्लेख गरेका छन् ।

उनले आफूले ओली र माधव नेपालको रिसलाई कसरी शान्त पार्न सकिन्छ भन्नेतर्फ लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट