शिक्षामन्त्रीलाई पदबाट बर्खास्त गर्न माग गर्दै रुपा सुनारद्वारा सर्वोच्चमा रिट-Sutra News

शिक्षामन्त्रीलाई पदबाट बर्खास्त गर्न माग गर्दै रुपा सुनारद्वारा सर्वोच्चमा रिट

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

सञ्चारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।



मन्त्री श्रेष्ठले सरकारी स्रोतको दुरुपयोग गर्दै छुवाछुत मुद्दाको अनुसन्धानलाई प्रभावित पारेको भन्दै उनले अदालतमा रिट दायर गरेकी हुन् ।

केही समयअगाडी आफुलाई घरभाडामा बस्न नदिएको भन्दै सुनारले बबरमहलकी घरबेटीविरुद्ध उजुरी गरेकी थिइन् ।

मन्त्री श्रेष्ठले उनलाई आफ्नै गाडीमा हालेर घर फर्काएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट