काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेट्ने क्रममा विप्लव समूहको नेतृत्वले हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताएको छ ।
उनीहरुले हप्ता १० दिन भित्र नै आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गरेका छन् ।
आज प्रधानमन्त्री ओलीसँग भेट्नका लागि विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित अन्य नेताहरु बालुवाटार पुगेका थिए । विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिएका छन् ।