काठमाडौँमा हट्यो जोरबिजोर, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला हुने-Sutra News

काठमाडौँमा हट्यो जोरबिजोर, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला हुने

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको छ ।



थप खुकुलो बनाइएसँगै अब पर्सीदेखी काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । 

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट