काठमाडौं- वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि आजै अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठकलाई स्थगित गरी भोलि दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रदेशसभाको बैठकमा हिजो विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए ।