जापानमा पहिरोमा परी २० जना बेपत्ता, खोजी जारी-Sutra News

जापानमा पहिरोमा परी २० जना बेपत्ता, खोजी जारी

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

जापान- जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ ।



जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् । स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने संभावना कम रहेको बताएका छन् ।

अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरेका छन् । उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् । सांकेति तस्बिर 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट