‘फलफूलको राजा’ आपँ खानुका यस्ता फाइदा-Sutra News

‘फलफूलको राजा’ आपँ खानुका यस्ता फाइदा

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

गर्मीयाम सुरु भएसँगै बजारमा आँप बेच्न राखिएको देखिन्छ । ‘फलफूलको राजा’ मानिने आपँलाई मन नपराउने सायदै कम होलान् । आँप जति स्वादिष्ट छ, स्वास्थ्यका दृष्टिकोणले त्यति नै फाइदाजनक छ ।



आपँका फाइदा

आपँमा लगभग २० प्रकारका भिटामिन र खनिज पदार्थ पाइन्छन् । आपँमा पाइने यी पौष्टिक तत्वले आपँलाई सर्वश्रेष्ठ बनाउँछन् । आपँले हाम्रो शरीरमा रोग लाग्नबाट बचाउँछ ।

क्यान्सर रोगबाट बचाउँछ

मानिसको विलासि जीवनशैलीले दिन प्रतिदिन क्यान्सरको जोखिम बढ्दै गइरहेको छ । त्यसैले हामीे खानपानमा विशेष ध्यान दिन जरुरी छ । सिजनमा फलेको आपँ खाँदा क्यान्सर जस्तो घातक रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

मुटुलाई स्वस्थ राख्छ

मुटु स्वस्थ राख्न पनि हामीले खानपानमा ध्यान दिनुपर्छ । बेसिजनमा पाइनेभन्दा सिजनमा उपलब्ध हुने आपँ खानाले मुटु स्वस्थ रहन्छ । आपँ खानाले मुटु सम्बन्धि अन्य रोग पनि नियन्त्रित हुन्छन् । त्यसैले सजिलै पाइने मौसममा आपँ खान जरुरी छ ।

रोगप्रतिरोधात्मक क्षमतामा विकास

शरीरलाई स्वस्थ राख्न रोग प्रतिरक्षा क्षमता बलियो हुन जरुरी छ । रोग प्रतिरोधात्मक क्षमता विकास गर्न भिटामिन सि ले धेरै मद्दत गर्छ । आपँमा भिटामिन सि प्रयाप्त मात्रामा पाइन्छ । भिटामिन सि ले एलर्जिको समस्यालाई कम गर्छ र कुनै प्रकारको संक्रमणसँग लड्न मद्दत गर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्छ

कोलेस्ट्रोलको समस्या भएको व्यक्तिले आपँ खानुपर्छ । आपँमा प्रचुर मात्रामा न्यूट्रासिटिकल पाइन्छ, जसले कोलेस्ट्रोलको स्थरलाई कम गर्छ ।

पाचनशक्ति बढाउँछ

आपँको सेवनले पाचन सम्बन्धि समस्यालाई निर्मूल पार्छ । यसमा पेटलाई सफा गर्ने गुण हुन्छ । आपँले कब्जियतको समस्याबाट पनि राहत दिन्छ । आपँ फाइबरको राम्रो स्रोत भएकाले पाचनशक्तिमा सुधार आउँछ ।

आँखालाई फाइदा

शरीरका अंगहरु मध्ये आँखा महत्वपूर्ण अंग हो । उमेर बढ्दै जाँदा आँखा नदेख्ने समस्या उत्पन्न हुन सक्छ । भिटामिन ए को कमीले आँखा कम देख्ने समस्या हुन्छ । आपँमा प्रशस्त मात्रामा पाइने भिटामिन ए ले आँखा सम्बन्धित समस्याबाट राहत दिन्छ ।

उच्च रक्तचापको लागि बहुपयोगी

उच्च रक्तचाप भएका व्यक्तिलाई आपँले फाइदा गर्छ । उच्च रक्तचापको कारणले मुटु सम्बन्धि रोगलाई बढावा दिन्छ । त्यसैले उच्च रक्तचापबाट बच्न मौसमअनुसार पाइने आपँ खानमा जोड दिनुपर्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट