बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी सङ्क्रमित, १३४ को मृत्यु-Sutra News

बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी सङ्क्रमित, १३४ को मृत्यु

आइतबार, २० असार २०७८

आइतबार, २० असार २०७८

ढाका- बङ्गलादेमा पछिल्लो २४ घण्टामा थप कोभिड-१९ सङ्क्रमितको सङ्ख्या छ हजार २१४ पुगेको छ । योसँगै बङ्गलादेशमा आइतबारसम्ममा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या नौ लाख ३६ हजार २५६ पुगेको छ ।



पछिल्लो २४ घण्टामा सङ्क्रमित १३४ जनाको मृत्यु भएको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले पुष्टि गरेको छ । सरकारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का २२ हजार २८७ नमूना परीक्षण भएका थिए ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ लाख २९ हजार १९९ पुगेको छ भने आइतबार तीन हजार ७७७ व्यक्ति कोभिड सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित १.५९ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८८.५७ प्रतिशत विरामी पूर्ण रूपमा निको भई घर फर्किएका छन् ।

बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट