घरमा मास्क प्रयोग गर्ने कि नगर्ने ? स्वास्थ्यविज्ञले दिए यस्ता सुझाव-Sutra News

घरमा मास्क प्रयोग गर्ने कि नगर्ने ? स्वास्थ्यविज्ञले दिए यस्ता सुझाव

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको कोरोना भाइरससँग विश्वको स्वास्थ्य प्रणाली नै संघर्ष गरिरहेको छ । पछिल्लो केही महिनायता कोरोना भाइरसका विभिन्न उत्परिवर्तित स्वरुप पुष्टि हुँदै आइरहेका छन् । अहिले विश्वभरि कोरोना भाइरस संक्रमण र त्यसबाट हुने क्षतिको त्रासमा विश्व सीमित छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।



एसियाली राष्ट्रमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ । जसमध्ये भारतलगायत अन्य राष्ट्रले कोरोनाको दोस्रो लहरसँग सामाना गरिरहेका छन् । यससँगै नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहरले छोएसँगै कोभिड संक्रतिमले अस्पताल भरिभराउ भएका छन् । आम सर्वसाधारणले सामान्य उपचार अस्पतालबाट पाउनै मुस्किल परिरहेको अवस्था छ ।  देशका विभिन्न स्थानमा निषेधज्ञा जारी गरिएको छ । यस्तो परिस्थितिमा मानिसहरु घरभित्रै बस्न बाध्य छन् । सबैतिर बन्दाबन्दीको अवस्था हुँदा घरभित्र बस्नुपर्ने बाध्यता छ । घरमा बस्दा सुरक्षित भएर बस्न स्वास्थ्यविज्ञले सुझाएका छन् ।

घरमा मास्कको प्रयोग गर्दा के हुन्छ ?

स्वास्थ्य विज्ञकाअनुसार घरमा भएको समयमा मास्क लगाउनु हाम्रो स्वास्थ्यका लागि उपयुक्त हुन्छ । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेकाले आफूलगायत परिवारका सदस्यको संरक्षणका लागि पनि मास्क लगाउनु आवश्यक छ । संयुक्त परिवारमा एउटै कोठामा धेरै सदस्य बसिरहेका हुन्छन् । यसले कोरोना संक्तमणलाई बढावा दिन सक्छ । यस्तो समयमा घरमै पनि मास्क प्रयोग गर्नु अनिवार्य हुन्छ । कोरोना महामारीको यो क्षणमा जो कोही व्यक्तिपनि संक्रमित हुन सक्ने स्वास्थ्यविज्ञ जनाउँछन् । कोरोना संक्रमण भएको व्यक्तिले मास्क लगाउन जरुरी छ । भिडभाड तथा जनघनत्व बढी भएको घर वा स्थानमा भएको समयमा मास्क लगाउनु पर्ने विज्ञको भनाइ छ ।

परिवारको कुनै एक सदस्य घर बाहिर जाँदा संक्रमण भित्रिने सम्भावना हुन्छ । जसले स्वयम्का साथै परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुने जोखिम हुन्छ । त्यसैले घरमै भएको समयमा पनि मास्क लगाउनु अत्यन्त आवश्यक छ । विशेषज्ञकाअनुसार जो व्यक्ति घरभन्दा बाहिर जाँदैनन् वा खुल्ला ठाउँमा बसिरहेका छन् । यस्तो परिस्थितिमा घरमा मास्क लगाउन आवश्यक छैन । तर घरको कोही सदस्य घरबाहिर जान्छन् । घरबाहिर गएर अन्य व्यक्तिसँग भेटघाट वा आवश्यक सामान खरिद गरिएको खण्डमा, घरमा मास्क लगाउन जरुरी रहेको छ ।

मास्कको प्रयोगले संक्रमणबाट बचिन्छ ?

मास्क लगाउनु संक्रमणबाट बच्ने सबैभन्दा सरल उपाय हो । तर व्यवहारिक रुपले हेर्दा हरेक समय मास्क मात्र लगाएर बस्न भने असहज हुन्छ । हरेक समय मास्क लगाएर कसरी बस्ने भनेर धेरै व्यक्तिले जिज्ञासा पनि राख्ने गरेका छन् । जव हामी कोठामा एक्लै हुन्छौं । हामीले मास्क फुकाल्न सक्छौं । तर भिडभाड भएको ठाउँमा भने मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएकाले व्यक्तिलेपनि घरमा मास्क लगाउन आवश्यक छ ?

यदि परिवारका सम्पूर्ण सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका भए घरमा मास्क लगाइ राख्न आवश्यक छैन । अमेरिकाको सेन्टर्स फर डिजेज कन्ट्रोल एन्ड प्रिभेन्सनकाअनुसार कोरोना विरुद्धको खोप लगाएका परिवारका सदस्यले घरमा मास्कको प्रयोग विना एकअर्कासँग घूलमिल भएर बस्न सक्छन् । कोरोना विरुद्धको खोप लगाउनुको मुख्य फाइदा भनेकै घरमा मास्क लगाइ बस्न नपर्ने सीडीसीले जनाएको छ ।

कस्तो प्रकारको मास्क लगाउने ?

एन नाइन्टी फाइव मास्क खरिदमा महंगो पर्छ । यसको प्रयोग सबैको पहुँचमा नहुन सक्छ । तर विशेषज्ञकाअनुसार भल्व विनाको एन ९५ मास्कले कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्छ । एन ९५ मास्क र सर्जिकल मास्क ध्यानपूर्वक लगाउन आवश्यक छ । मास्क लगाउँदा नाकको मुनितिर नलगाउन विज्ञले सुझाएका छन् । यदि मास्क नाक मुनितिर लगाइँछ भने यसले हामीलाई कुनै प्रकारको सुरक्षा दिँदैन । यदि मास्क लगाइसकेपछि चश्मामा बाफ जम्मा भइरहेको भए मास्क फिट नभएको बुझ्नुपर्छ । यस्तो अवस्थामा मास्कलाई राम्रोसँग नाक र मुखमा फिट हुने तरिकाले मास्कको प्रयोग गर्नुपर्छ ।

कुन ठाउँमा कस्तो मास्क प्रयोग गर्ने ?

स्वास्थ्यविज्ञकाअनुसार कोरोना संक्रमणको उच्च जोखिम भएको ठाउँमा एन ९५ मास्कको प्रयोग गर्न उचित हुन्छ । अन्य क्षेत्रमा तिन लेयर भएको सर्जिकल मास्क लगाउनुपर्छ । कतिपय व्यक्तिले कपडाको मास्क मात्र लगाएको देखिन्छ । तर कपडाको मास्क लगाएर मात्र नहुने विज्ञको भनाई छ । सर्जिकल मास्कको माथीबाट कपडाको मास्क लगाउँदा बढी प्रभावकारी हुन्छ ।

घरबाहिर नगएका व्यक्तिमा कोरोना संक्रमण भइरहेको छ ?

कोही व्यक्ति घर बाहिर गएको छैनन् । तर पनि कोरोना संक्रमण भइरहेको छ । यो के कारणले भइरहेको छ ? भनेर धेरैको जिज्ञासाको सुनिन्छ । कोरोना भाइरस बारे अध्ययन गरिरहेका विज्ञकाअनुसार यसको दुईवटा कारण हुन सक्छन् । एउटा कारण घरमा आएका अन्य व्यक्तिमा कोरोना संक्रमण हुनसक्छ । अर्को ड्रपलेट इन्फेक्सनको कारणले हुने गर्छ ।

ड्रपलेट संक्रमण ठूला अण् हुन् । ड्रपलेट प्रसारण भनेको भाइरस युक्त श्वासप्रश्वासको थोप्लाहरू (ठूलासाना थोपा र कणहरू) संक्रमित व्यक्तिद्वारा श्वास छोड्दा ती अणु हाम्रो वरिपरी खस्छन् । यसले गर्दा संक्रामण व्यक्तिको नजिक हुँदा संक्रमण हुने सम्भावना बढी हुन्छ । यस्ता कणहरु करिब ३ वा ६ फिटको दुरीसम्म रहन्छन् । त्यसैले कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्न विज्ञले सुझाएका हुन् ।

घरमा भएको समयमा मास्क लगाउनु पर्ने कुनै वैज्ञानिक कारण छ ?

विशेषज्ञकाअनुसार यसको वैज्ञानिक कारण सुन्नमा आएको छैन । तर सामान्य अर्थमा जनस्वास्थ्यका मापदण्ड अवलम्वन गर्नु कोरोना भाइरसबाट जोगिने उत्तम विकल्प हो ।

घरमै सुरक्षित रहनको लागि मास्कको प्रयोग बाहेक अन्य के काम गर्ने ?

स्वास्थ्य विशेषज्ञकाअनुसार श्वासप्रश्वास सम्बन्धी व्यायाम गर्न आवश्यक छ । कुनैपनि स्वास्थ्य समस्या देखिए चिकित्सकको निगरानीमा लक्षणअनुसारको उपचार गराउनु पर्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले घरमै बसेर चिकित्सकसँग परामर्श लिनुपर्छ । एजेन्सीको सहयोगमा

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट