२३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको समय सकिँदै, के गर्ला माधव समूह ?-Sutra News

२३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको समय सकिँदै, के गर्ला माधव समूह ?

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता गर्न दिएको समय आजस सकिँदैछ ।



गएको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उनीहरुलाई हस्ताक्षर फिर्ता गर्न सोमबार साँझसम्मको समय दिएका थिए । ओलीले देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता नगरे उनीहरुलाई एमालेबाटै हटाउने बताएका थिए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने हस्ताक्षर फिर्ता नहुने भनेर बताइसकेको छ । आफूनिकट नेताहरूलाई कोटेश्वर पठाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षर फिर्ता लिन लगाउने अध्यक्ष ओलीको रणनीति ‘बेकामे’ बनेको छ । आइतवार बिहान ओलीनिकट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले हस्ताक्षर फिर्ता गर्न गरेको आग्रहलाई नेता नेपालले ओलीको ‘जालझेलपूर्ण षड्यन्त्र’को नाम दिएका थिए ।

माधव पक्षले हस्ताक्षर फिर्ता नगरे ओलीले उनीहरुलाई थप कारबाही गर्ने संभावना छ ।

हस्ताक्षर फिर्ता नगरे एमाले विवाद झन् उचाइमा पुग्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट