काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज पनि बहस जारी छ ।
आज संवैधानिक इजलासमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
उनीहरूको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।