धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु-Sutra News

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन आले रहेका छन् ।

मादक पदार्थ सेवन गरेर चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका अर्जुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको बताइएको छ ।  

उनले मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा यात्रा गर्दा दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट