चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपतिले नेपालका प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेका हुन् ।
बैठक भर्चुअल रुपमा संचालन हुनेछ ।
उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने बताइएको छ ।