उत्तर कोरिया आफ्नो शासन पद्धतिका कारण सधैं विवादमा आइरहन्छ ।
धेरैले कम्युनिस्ट देश मान्ने गरेको उत्तर कोरिया मार्क्सवाद होइन, जुछे विचारधाराका आधारमा चलिरहेको छ ।
जुछे विचारधारा आत्मनिर्भरताको सिद्धान्तमा आधारित छ । जुछे विचारधारा अहिलेका तानाशाह किम जोङ उनका हजुरबुबा किम इल सुङद्वारा प्रतिपादित हो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गर्ने गरेका उत्तर कोरियाबारे १२ रोचक तथ्य :
१. उत्तर कोरियाका तानाशाह किम जोङ उनले आफ्ना काकालाई भोका कुकुरहरूको पिजडामा हुत्याइदिएका थिए
२. उत्तरकोरियाका बच्चाबच्चीहरूले आफ्नो देशको मात्र इतिहास पढ्ने गर्छन् । त्यहाँको स्कूलमा अमेरिकालाई शत्रु भनेर पढाइन्छ ।
३. उत्तर कोरियामा कसैले बाइबल पढ्यो या वयस्क सिनेमा हेर्यो भने मृत्युको सजाय दिइन्छ ।
४. उत्तर कोरियामा ९९ प्रतिशत नागरिक शिक्षित छन् ।
५. उत्तर कोरियामा हप्तामा सातै दिन काम गर्नुपर्छ ।
६. उत्तर कोरियामा अहिले २०२१ इस्वी संवत चलिरहेको छैन । त्यहाँ १०८ औं साल चलिरहेको छ ।
७. उत्तर कोरियामा आफ्नो मर्जीले कपाल काट्न पाइदैन ।
८. उत्तर कोरियामा ८ जुलाई र १७ डिसेम्बरका दिन खुसियाली मनाउन पाइदैन ।
९. उत्तर कोरियामा इन्टरनेट सेवा छैन । मात्र भीआइपी नागरिकले इन्टरनेट चलाउन पाउछन । त्यहाँको कम्प्युटरमा माइक्रोसफ्ट छैन, आफ्नै अपरेटिङ सिस्टम छ । जसलाई रेडस्टार भनिन्छ ।
१०. उत्तर कोरियाको बाटोमा कुनै ट्राफिक लाइट छैन ।
११. त्यहाँ अपराधको सजायँ व्यक्तिको तीन पुस्तासम्मलाई दिइन्छ ।
१२. त्यहाँ हरेक ५ वर्षमा चुनाव त हुन्छ तर उम्मेदवार जम्मा एकजना हुन्छ ।