प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले एमाले बाहेक सरकार बन्ने अवस्था त देखिएन भन्दै प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा जबराले जवाफी बहस गर्न उपस्थित वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्ने क्रममा जबराले यस्तो प्रश्न गरेका हुन् ।
‘फागुन ११ मा फैसला गर्दा एमालेको विकल्पमा सरकार बन्ने सम्भावना छ भनेर अदालतले फैसला गरेको थियो, अहिले त एमाले बाहेक सरकार बन्ने अवस्था त देखिएन हैन् ?’ जबराको प्रश्न थियो ।