सर्वोच्चमा गरमागरम बहस – आफैं उपस्थित भएर गरेको हस्ताक्षर किर्ते भन्ने ?-Sutra News

सर्वोच्चमा गरमागरम बहस – आफैं उपस्थित भएर गरेको हस्ताक्षर किर्ते भन्ने ?

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रतिनिधि सभा विघटनको मुद्दामा चलिरहेको जवाफी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले महान्यायाधिवक्ताले हचुवामा कुरा गरेको आरोप लगाएका छन् ।



सोमवार जारी बहसमा उनले भने, ‘एमालेका २६ जनाले हस्ताक्षर गरेका छन्, के त्यो किर्ते हो ? यस्तो हचुवा कुरा गरेर पनि हुन्छ ?’

यसअघि रिट निवेदक विपक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल समूहका नेताहरूले गरेको हस्ताक्षर किर्ते भएको आरोप लगाएका थिए ।

त्यसैको जवाफ दिंदै वरिष्ठ अधिवक्ता दाहालले भने – ‘किर्ते हो भने मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तासँगै छ, चलाए भैगो नि !’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट