काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको पहिलो चरणमा कात्तिक २६ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी मनोनयनका लागि २० र २१ गते तोकिएको छ ।
असोज २२ गते दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । २३ र २४ गते मनोनयनपत्र र उजुरीमाथि छानबिन गरि निर्णय गरिने छ ।
त्यस्तै दोस्रो चरणको निर्वाचनका लागि मनोनय दर्ता असोज ३१ गते हुनेछ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएको र सूची प्रकाशन कात्तिक १ गते हुनेछ ।
मंसिर ३ गते बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म दोस्रो चरणको प्रतिनिधिसभातर्फको मतदान हुने आयोगले जनाएको छ।