राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन-Sutra News

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रिय सभाको आजको बैठकमा कालो झण्डाका रूपमा आफ्नो टोपी देखाएका छन् ।



उनले प्रतिनिधि सभा पटक-पटक विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नो कालो टोपी देखाएका हुन् ।

‘संविधानलाई धुजा धुजा बनाएको बेलामा कालोझण्डा बोकेर निस्कनुपर्ने बेला थियो यो,’ उनले भने, ‘मैले आज कालो क्याप लगाएर आएको छु । यसलाई कालो झण्डाका रूपमा यसलाई प्रयोग गरेको छु ।’

यति भनेपछि उनले आफ्नो कालो टोपी निकालेर देखाए । उनी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट