सरकारी सेवाबाट अवकाश पाएका प्रेम सञ्जेलको कविता , ‘म कर्मचारी कि दलाल ?’-Sutra News

सरकारी सेवाबाट अवकाश पाएका प्रेम सञ्जेलको कविता , ‘म कर्मचारी कि दलाल ?’

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

काठमाडौं, २१ असार । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चर्चा कमाएका उपसचिव प्रेम सञ्जेल सरकारी सेवाबाट अवकाश लिएपछि सामाजीक संजालमा कविता लेखेका छन् ।



४० वर्ष ४ महिना ६ नेपाली जनताको सेवा गरेर विदा भएको सञ्जेलले बताएका छन् ।

सञ्जेलको कविता ‘म कर्मचारी कि दलाल ?’

म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार–दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छनकि कसो जनताले हलाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट