राष्ट्रियसभा बैठकमा २ प्रतिवेदन पेश-Sutra News

राष्ट्रियसभा बैठकमा २ प्रतिवेदन पेश

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

राष्ट्रिय सभाको सोमवारको बैठकमा २ वार्षिक प्रतिवेदन पेश गरिएका छन् ।



बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७’ सभासमक्ष पेश गरेका थिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरिन् ।

बैठकले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारयण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा उनीहरूको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो ।

राष्ट्रिय सभाको अर्काे बैठक असार २३ गते दिउँसो १ बजे बस्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट