एमिकस क्युरीबाट वैद्यको राय- विश्वासको मत गुमाएको व्यक्ति पुन: प्रधानमन्त्रीमा नियुक्त हुन सक्दैन-Sutra News

एमिकस क्युरीबाट वैद्यको राय- विश्वासको मत गुमाएको व्यक्ति पुन: प्रधानमन्त्रीमा नियुक्त हुन सक्दैन

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिंदै अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरी प्रधानमन्त्रीमा नियुक्त गर्न नपाइने बताएका छन् ।



उनले राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको तर्क गरे ।

अहिले रिट निवेदक पक्षको बहस सकिएसँगै एमिकस क्युरीले राय दिने क्रम जारी छ । एमिकस क्युरिमा ४ अधिवक्ता चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट